काठमाडौं । सुनको मूल्य आइतबार तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
आइतबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
Comment