सुनकाे मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो



काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १० हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार ११:४८