शुभ प्रभात साकोससंग ४०.३२ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुभ प्रभात साकोससंग ४०.३२ प्रतिशत तरलता



काठमाडौं । शुभ प्रभात बचत तथा ऋण सहकारी संस्थासँग ४०.३२ प्रतिशत तरलता रहेको छ। संस्थाले जारी गरेको चैत मसान्त सम्मको अपरष्किृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी एक करोड ३७ लाख, जगेडा कोषमा २० लाख ३९ हजार , कुल बचत ५ करोड १३ लाख, ऋण लगानीमा रहेको हिसाब ४ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको विभिन्न कोषहरुमा एक लाख ८७ हजार, कुल सम्पत्ति ७ करोड ३४ लाख रुपैयाँ रहेको छ।

संस्थासँग तरलता रकम २ करोड ७ लाख रुपैयाँ रहेको छ । सहकारीमा कुल शेयर सदस्यहरुको संख्या २८९ जना रहेका छन् भने कुल ऋणी सहकारी सदस्यको संख्या १५८ रहेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १५:१३