यतीले ल्यायो आकर्षक ब्याजसहितको आश्वा बचत खाता, वार्षिक ब्याज ६ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यतीले ल्यायो आकर्षक ब्याजसहितको आश्वा बचत खाता, वार्षिक ब्याज ६ प्रतिशत



काठमाडौं २० माघ ।यती डेभलपमेण्ट बैंकले निक्षेपकर्तालार्इ आकर्षक ब्याजसहितको आश्वा बचत खाता योजना ल्याएको छ।न्यूनतम एक सय रुपैयाँमा खोल्न सकिने यो खातामा निक्षेपकर्ताले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ।

धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति पाएको यो बैंकले विभिन्न कम्पनीको शेयर फारम भर्न ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ।

बैंकले देशभरका २५ वटा शाखामार्फत सेवा दिँदै आएको छ।बैंकले ग्राहकको सुविधालार्इ ध्यान दिएर बैंकको प्रधान कार्यालय दरबारमार्गबाट साँझ सात बजेसम्म सन्ध्याकालीन काउन्टर र शनिबार र अन्य सार्वजनिक विदामा १२ देखि २ बजेसम्म होलिडे काउन्टर संचालन गर्दै आएको छ।

प्रकाशित : २० माघ २०७३, बिहीबार १२:२६