काठमाडौँ । पछिल्लो समयमा नेपालमा साइबर अपराध सम्बन्धमा भएका घटनाहरुले प्राय जस्तो ठुला कर्पोरेट बिजनेश जस्तै बैंक तथा वित्तीय संस्था लगायत हरेक क्षेत्रमा प्रभाव देखिरहेको छ । साइबर सुरक्षा सूचना प्रविधि क्षेत्रमा मात्र नभै सबै क्षेत्रको लागि आवश्यक रहेको छ ।
त्यस विषयवस्तुहरुलाई मध्यनजर गर्दै इन्स्पाइअर ट्रेनिंग एकेडेमीले आगामी २०८० साल बैशाख १५ /१६ गते दुईदिने साइबर सुरक्षा सम्बन्धी कार्याशाला साइबर सुरक्षा वर्कशप आयोजना गर्ने भएको छ ।
वर्कशपका स्रोत व्यक्ति सूचना प्रविधि विज्ञ मिलन राज नेपाली रहेका छन् । सरकारी तथा गैरसरकारी र विभिन्न संस्थाहरुमा सूचना प्रविधि विभागमा सूचना प्रविधि प्रमुख भइ कार्य अनुभव हासिल गरेका मिलन राज नेपाली नेपाल इन्जिनियरिङ एसोसियसन, म्यानेजमेन्ट एसोसियसन नेपाल र इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल जस्ता संस्थाहरुका पनि स्रोत व्यक्ति हुन् ।
हाल उनी सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसनका उपाध्यक्ष छन् । साईबर सुरक्षाको परिचय, साईबर सुरक्षाका प्रमुख तीन पिलर, साइबर थ्रेट, साईबर सुरक्षाको महत्व लगायतका विषयवस्तुहरु समेटी वर्कशप सुरु गर्न लागिएको इन्स्पाइअर ट्रेनिंग एकेडेमीका अपरेसन डाइरेक्टर दिनेश जंग कुँवरले जानकारी दिए ।
इन्स्पाइअर ट्रेनिंग एकेडेमीकले बैंक तथा वित्तीय संस्थाहरु, कर्पोरेट हाउसहरु, होटल, एनजिओ, आइएनजिओ तथा अन्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु र कलेज तहका विद्यार्थीहरुलाई लक्षित गरी विश्व स्तरीय ट्रेनिंग ईन्स्टीच्यूटहरु (Highfeild, iirsm, FIMA, ISO, CPD, iosh, IATA) हरु सँग सहकार्य गरी CPD / Non–CPD सर्टीफाइड ट्रेनिंग कोर्षहरू ई–लर्निङ र फिजिकलको माध्यमबाट उपलब्ध गराउँदै आइरहेको छ ।
Comment