लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

सीईओमा नियुक्त हुनुअघि भट्टराई लक्ष्मी सनराइज बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा प्रमुख कर्जा अधिकृत (चिफ क्रेडिट अफिसर) का रूपमा कार्यरत थिए।

बैंकको आन्तरिक नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका भट्टराईले अब आगामी कात्तिक १५ गतेदेखि प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको नेतृत्व गर्नेछन्।

प्रकाशित : 14 October, 2026 2:33 pm