माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोवारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार १२:४७ 13 April, 2023 12:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।