युनियन , प्रभु  र सिटिजन लाइफलाई प्राधिकरणले लगायाे डण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनियन , प्रभु  र सिटिजन लाइफलाई प्राधिकरणले लगायाे डण्डा



काठमाडौ । नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ ।  सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार तीनै कम्पनीहरुलाई नगद जरिवाना तिराएको छ । प्रति कम्पनी २ लाख रुपैयाँका दरले प्राधिकरणले जरिवाना तिराएको हो ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार १९:०९