काठमाडौ । नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार तीनै कम्पनीहरुलाई नगद जरिवाना तिराएको छ । प्रति कम्पनी २ लाख रुपैयाँका दरले प्राधिकरणले जरिवाना तिराएको हो ।
Comment