मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिती तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिती तय



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीकाे आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले चैत्र २९ गते बुधबार दिउँसो १:३० बजे क्यापिटल कै कार्यालयमा आइपीओ शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले चैत्र १९ गतेदेखि चैत्र २२ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापारिक् उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ । यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार १६:५२