एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने भएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

योसँगै आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुले बोनस र नगद कुनै पनि प्रकार लाभांश नपाउने भएका छन्। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार ११:२१