ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश छन्। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार ११:२०