राजश्व उठाउन अर्थमन्त्रीले मागे गृहमन्त्रीको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राजश्व उठाउन अर्थमन्त्रीले मागे गृहमन्त्रीको साथ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व चुहावट नियन्त्रणमा केन्द्रीत भएका छन् । उनले पछिल्लो समय सीमा क्षेत्रमा देखिएका अवैध गतिविधिमा केन्द्रित भएर केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बैठकमा बोलाएका छन् । गृहमन्त्री समेत सदस्य रहने सो समितिको बैठकमा अर्थमन्त्री मतहले गृहमन्त्री श्रेष्ठलाई फोन गरेर उपस्थित हुन आग्रह गरेका थिए ।

समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार १५:११