कुश्मामा पुग्यो नेपाल बङ्गलादेश बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुश्मामा पुग्यो नेपाल बङ्गलादेश बैंक



काठमाडौं,१८  माघ  । नेपाल बङ्गलादेश बैंक ले पर्वत जिल्लाको कुश्मा बजारमा ४२ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरि ओम शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो । त्यस्तै एटिएमको समुद्घाटन कार्यक्रमका विशिष्ट अतिथी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले गरे ।

कुश्मा बजार शाखासहित बैंकले ४२ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३९ एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ । दोस्रो त्रेमासिक अवधिसम्म बैंकको खुद नाफा ५४ करोड रहेको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार ०५:४९