एमजी जेडएस ईभीका लागि बुकिङ खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

एमजी जेडएस ईभीका लागि बुकिङ खुला



काठमाडौं । एमजी भेइकलका लागि नेपालका एकमात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरिएन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुला गरेको छ।

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घन्टामै ८०५ चार्ज हुने यसको ब्याट्रीले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ। यस एसयूभीको ब्याट्री लाइफ भने ८ वर्षको रहेको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, की–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेन्जरका लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरु (आउटर रियर सिटहरु), ६०/४० फोल्डिङ रियर सिटहरु, रुफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

दुईवटा भेरिएन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरिएन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरिएन्टको मूल्य ५२ लाख ४९ हजार राखिएको छ। वैशाखबाट उपभोक्तालाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयूभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ११:३७