सेयर बजारमा १७.७० अंकको बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १७.७० अंकको बृद्धि



काठमाडौं । धेरै दिन पछि सेयर बजार उकालो लागेको छ । सोमबार बजार १७.७० अंकले बढेर परिसूचक १९०६ बिन्दुमा रोकिएको हो ।

कारोबारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.१४, विकास बैंक ७६.८७, वित्त कम्पनी ३२.६३, होटल ४७.५०, जलविद्युत ४३.५२, जीवन बीमा १९४.४५, उत्पादन तथा प्रशोधन ९९.९८, निर्जीबन बीमा १२६.४३, अन्य १४.२४, ट्रेडिङ समूहको उपसूचक २५.९९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १७.०८ अंकले घटेको छ ।

कारोबारमा सुपरमाई हाईड्रोपावर, एशियन हाईड्रोपावर, कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबारमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ५ करोड ९० लाख ८० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 27 March, 2023 3:57 pm