सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा रोकिएको हो ।

आज कारोबार भएका २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक ८.३०, विकास बैंक ११.९४, वित्त कम्पनी २१.४१, होटल ४२.४९, जीवन बीमा ९१.८८, उत्पादन तथा प्रशोधन समूहको ९.३७, माइक्रोफाइनान्स ५९.१६, निर्जीबन बीमा ३७.६८, अन्य समूहको १५.१३ र ट्रेडिङ समूहको उपसूचक ६७.०९ अकले घटेको छ ।

नेप्सेका अनुसार आज मायाखोला हाईड्रोपावर र एशियन हाईड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।साथै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : 23 March, 2023 3:36 pm