२४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन कटारी नगरपालीकाको ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

२४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन कटारी नगरपालीकाको ताकेता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

उदयपुर। कटारी नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्र रहेका २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।

सहकारी संस्थाहरु देखिएता पनि हालसम्म पनि केही संस्थाहरु यस कार्यलयको सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरुमा माग गरेको विवरणहरु उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरुको कार्यालय, सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरुले कुनै पनि तत्परता नदेखाएको, केही संस्थाहरुसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरु उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

तोकिएको समयसीमा भित्र कार्यलयमा उपस्थित हुन नसकेमा कानून बमोजिम कारवाही प्रकृया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार १७:१५ 19 March, 2023 5:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।