उदयपुर। कटारी नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्र रहेका २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।
सहकारी संस्थाहरु देखिएता पनि हालसम्म पनि केही संस्थाहरु यस कार्यलयको सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरुमा माग गरेको विवरणहरु उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरुको कार्यालय, सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरुले कुनै पनि तत्परता नदेखाएको, केही संस्थाहरुसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरु उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको हो ।
तोकिएको समयसीमा भित्र कार्यलयमा उपस्थित हुन नसकेमा कानून बमोजिम कारवाही प्रकृया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।







Comment