काठमाडौँ, १४ माघ । व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले अाज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताए ।
उनले भने– “जसले नाफा कमाउने हो, त्यसले मात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुदँैन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ” ।
Comment