काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए । चैत ६ गते विश्वासको मत लिने तयारी छ । कुनै कारणवश ६ गते विश्वासको मत नलिइए ७ गते लिइन्छ, उनले भने ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । तर, राष्ट्रपति निर्वाचनमा तत्कालीन गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । तसर्थ प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
Comment