राप्रपा अध्यक्ष लिङ्देनलाई तोरीको फूल देखाउने दुर्गा प्रसाईंको धम्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलाई तोरीको फूल देखाउने दुर्गा प्रसाईंको धम्की

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई तोरीको फूल देखाउने धम्कि दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले, आफुले सुरु गरेको ‘राष्ट्र राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मा साथ नदिएको भन्दै एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन विरुद्ध आगो ओकलेका हुन् ।

उनले राजेन्द्र लिङ्देनसंग आफु चुनाव लडेरै हराउने जिकिर गरे । उनले भने ‘मलाई उसको क्षेत्रमा अहिले उठाइदिनुन, अहिले उठाउनुन कस्तो मान्छे देखाइदिन्छु । तोरीका फूल भनेको के हुन्छ भनेर ।’

एमाले अध्यक्ष केपी ओलीलाई सो कार्यक्रममा आउन निम्तो दिएपनि नआएको भन्दै आक्रोस पोखेका प्रसाईँले पूर्व राजा ज्ञानेन्द्रको प्रसंशागर्दै भने ‘राजा आउँने ठाउँमा केपी ओली हजुरबुबा आउनुहोस् भनेको । सबैलाई चिठ्ठी पठाको आउनु भएन । राष्ट्रको माया थिएन आउनुभएन । राजा आउनुभयो पानसमा बक्ती बाल्न ।’राप्रपा अध्यक्ष लिङ्देनलाई पनि कार्यक्रममा निम्तो दिएको तर नआएको भन्दै उनले लिङ्देनको हैसियत आफुसंग नमिल्ने ठोकुवा गरे ।

उनले भने ‘राजेन्द्रलाई मेरो अभियानमा आउनुस भनेको हो । म राजेन्द्र दाईलाई फोन गर्दिन उहाँको भन्दा राम्रो हैसियत भएको मान्छे हो म । राजेन्द्रले राजा गएको ठाउँमा ठग गए म जाने हो भन्नुभयो । ’

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार १३:४० 14 March, 2023 1:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।