काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको हो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको मुल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
Comment