काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले अपिलाई ४० प्रतिशत (१ः०.४० अनुपात) मा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्वस्वीकृति दिएको हो ।
कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समिति बैठकले ७.५५ बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ रुपैयाँ चुक्ता पुँजीमा ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक वार्षिक साधारण सभामा पेश हुनेछ । साधारण सभाबाट परित भएपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।





Comment