इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरुलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरुलाई सम्मान



काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त कम्पनिमा ३ वर्ष भन्दा बढि योगदान गरेका महिला कर्मचारीहरुलाई सम्मान गरेको हो ।

इन्फोडेभलपर्समा सफ्टवेयर डेभलप्मेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । सम्मान प्राप्त गर्ने कर्मचारीहरुमा अनु खड्का, विन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ, श्रीस्टिना नकर्मी, सुश्मिता राई रहेका छन्।

सम्मान प्राप्त गर्ने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफूलाई आई, सी. टि क्षेत्रमा अब्बल बनाउदै लैजान कम्पनीले ठूलो भुमिका खेलेको बताए । उक्त कार्यक्रममा सम्मानको अतिरिक्त कर्मचारीहरुद्वारा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

सोही कार्यक्रममा महिला कर्मचारीहरुको तर्फबाट आफ्नो भनाई राख्ने क्रममा प्रोडक्ट अनर दिपिका पौड्यालले कार्यालयमा काम गर्ने क्रममा कुनै पनि असमान व्यवहार नपाएको बताएका थिए ।

यस्तै गरी कम्पनीका प्रमुख सञ्चालन अधिकृत डा. राजिब सुब्बाले अपोलो प्रोजेक्टका प्रमुख सफ्टवेयर इन्जिनियरलगायतको उदाहरण दिँदै सुरुका दनहरुमा सफ्टवेयर डेभलपमेन्ट, कोड लेख्ने काम महिलाहरुले गर्दै आएको मा हाल आई. सी. टि. को क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या कम हुँदै गएको बताए ।

विश्व बजारमा नै आई. सी. टि. क्षेत्र मा २२ प्रतिसत महिलाले काम गर्दै आईरहेको इन्फोडेभलपर्समा भने कम्तिमा ३० प्रतिसत भन्दा बढि महिला कर्मचारिहरु हुनु आफैमा गौरवको विषय भएको समेत बताए । विभिन्न पेसामा जस्तै आई. सी. टि. को क्षेत्रमा पनि महिलाहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने पनि उनले जानकारी दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवशीले आफूले कहिले पनि कर्मचारी नियुक्त गर्ने बेलामा महिला र पुरुष भनेर कुनै तुलना नगर्ने बताए । कम्पनीमा कुनैपनि सेवा, सुविधा र जिम्मेवारीमा महिला र पुरुष भनेर भेदभाव नहुने पनि बताए ।

महिला हुँदैमा कमजोर छु भन्ने सोच्नु र केहि कुरामा अरुमा निर्भर हुनु खोज्नु आफैमा कमजोरी हो भन्दै, आफ्नो कमजोरी हरुलाई जितेर अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो । इन्फोडेभलभर्सले आगामी २र३ बर्षमै महिला कर्मचारीहरु को संख्या ३५५ भन्दा माथि पुर्याउने लक्ष्य पनि राखेको छ ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा।लि। सहकारी र लघुवित्तका लागि कोर बैकिङ सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३५० बढी कर्मचारिहरुले काम गरिरहेका छन् ।

प्रकाशित : 11 March, 2023 11:28 am