जनताको निराशालाई आशामा परिणत गर्ने राष्ट्रपति पौडेलको प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जनताको निराशालाई आशामा परिणत गर्ने राष्ट्रपति पौडेलको प्रतिवद्धता



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपीसंग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि उनले सञ्चारकर्मीहरुसँग उनले उक्त कुरा बताएका हुन्।

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए। उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको धारणा राखे। समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा उनले जोड दिए। राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि बीपी कोइराला लगायतका नेताहरुले जुन वलिदान गर्नुभयो। जसरी देशलाई नयाँ दिशा देखाउनुभयो। आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो। देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ।ु

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १५:३८