पल शाह कारागारबाट रिहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पल शाह कारागारबाट रिहा



काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा भएका छन् । उच्च अदालत पोखराबाट सफाइ पाएपछि शाह तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । आइतबार मात्रै ९फागुन १४ गते० उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका शाहलाई सफाइ दिएको थियो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १२:५५