मेगा र टुरिजम बैंक मर्ज हुने, यस्तो छ स्वाप रेसियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा र टुरिजम बैंक मर्ज हुने, यस्तो छ स्वाप रेसियो



काठमाडाै ७ माघ । मेगा बैंक लिमीटेड र राष्ट्रिय स्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजी वृद्धिको नीतिगत व्यवस्था गरेअनुसार वाणिज्य बैंकले २०७४ असार मसान्तभित्र ८ अर्ब पूँजी पुर्याउनुपर्छ । यही बाध्यताका कारण तोकिएको चुक्तापूँजी पुर्याउन टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंकले आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा बिहीबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सहमति बमोजिम मर्जरपछि बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने जानकारी दिए । शाहका अनुसार अन्तिम शेयर आदानप्रदान अनुपात डिडिए प्रतिवेदनको आधारमा फरक पर्नसक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर स्वाप रेसियो १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने सहमति बनेको छ ।

मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टरसहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेका छन् । यस्तै, टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेका मेगा बैंकका सिईओ अनिलकेशरी शाहले जानकारी दिए ।

आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिस  गरिसकेको छ ।साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २४ पौष २०७३ बाट संयुक्त कारोबार थालेको थियो ।

सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रक्रिया अघि बढाइएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए ।

देश विकासको सबल पक्ष एवं क्षेत्रहरुलाई ध्यानमा राखेर मेगा बैंकले आप्mनो बैंकिङ्ग सेवा तथा गतिविधहरुलाई प्राथमिकतामा राख्दैै आएको सन्दर्भमा, टुरिजम् डेभलपमेन्ट बैंकले पर्यटन क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरेको व्यवसायलाई अभैm थप उचाईमा पुर्याउनु पनि यो मर्जरको एक मुख्य उद्देश्य रहेको उनको भनाई छ । यो मर्जरबाट मेगा बैंकलाई आगामी दिनहरुमा थप प्रभावकारी एवं विविध वित्तीय सेवाहरु प्रदान गर्न सक्षम बनाउने विश्वस लिएको बताए ।

प्रकाशित : ७ माघ २०७३, शुक्रबार १३:००