काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी छिन् । नेपाल सरकार उपप्रधान तथा अर्थमन्त्रीस्तरको फागुन ४ गते बसेको बैठकको निर्णय अनुरूप उनी विशाल बजारको सञ्चालकमा नियुक्त भएकी हुन् ।
आफू उक्त पदमा रहँदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका सञ्चालकले निर्वाह गर्नुपर्ने काम, कर्तव्य, आचरण र कानूनको अधिनमा रही कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठा पुर्वक लागी रहने उनले बताएकी छिन् ।
साथै, कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउने समेत उनले प्रतिज्ञा गरेकी छिन् ।
Comment