जनसचेतन साकोसको सेवाकेन्द्र काठमाडाैको जडीबुटीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जनसचेतन साकोसको सेवाकेन्द्र काठमाडाैको जडीबुटीमा



काठमाडाैं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको आवश्यकतालाई ध्यान दिएर सेवाकेन्द्र सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । जनसचेतनका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा बसी विभिन्न ब्यवसाय गर्दै आएकाले उनीहरुलाई सहज रुपमा वितीय लगायत अन्य सेवा प्रदान गर्न सेवाकेन्द्र सञ्चालनमा ल्याइएको हो ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईले सेवाकेन्द्र उद्घाटन कार्यक्रममा बोल्दै ‘शेयर सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताए । अब शेयर सदस्यले जडीबुटीमा सबैको पायक पर्ने स्थानमा सजिलै वित्तीय कारोबार गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा खुशी लागेको उनको भनाई छ ।

सेवाकेन्द्रको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले गरेका थिए । केन्द्रको उद्घाटन गर्दै उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीलाई आव्हान गरे । यतिबेला सहकारीका लागि निकै ठूलो संकटको बेला भएकोले सहकारी अभियान जोगाउन सहकारीकर्मीहरु सचेत ढंगले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा उनले जोड दिए ।कार्यक्रममा नेफ्स्कुनका सन्चालक तथा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारी अभियानको उत्कृष्ट सहकारी जनसचेतन भएकाले अन्य सहकारीले पनि यसबाट सिकेर शेयरसदस्यको भावना अनुरुप काम गर्न आग्रह गरे ।

जनसचेतनका संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेलले सबै सहकारीहरु सहकारीको मूल्य, मान्यता र कानून अनुसार चल्ने हो भने यो अभियानमा समस्या नहुने बताए । जनसचेतनका पूर्व सिइयो कृष्ण कुमार श्रेष्ठले जनसचेतन सहकारीले समय अनुसार आफूलाई बजारमा लैजान सकेकाले दिन प्रतिदिन सफलता हाँसिल गरेको बताए । उद्घाटन कार्यक्रमका सहभागी शेयर सदस्य जयप्रसाद दाहालले भने, ‘जडिबुटी चोकको दायाँपट्टी सन्चो भवनको छेउमा सजिलै पुग्न सकिने ठाउँमा सेवाकेन्द्र सुरु गरेकोमा आफूलाई निकै खुशी लागेको छ, जनसचेतलाई धन्यवाद दिन चाहन्छु र सबैलाई यस कार्यालयको जानकारी पनि दिन्छु ।’

प्रकाशित : ७ फाल्गुन २०७९, आईतवार १६:२६