काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता भित्रै बाँडफाँट गर्ने तयारी गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार प्रिअलटमेन्ट सकाएर शुक्रबार भित्र आईपीओ बाँडफाँटको तयारी गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।





Comment