सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्दै



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२८ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर खरिद बिक्रि भएको छ, १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएको उत्पादन तथा प्रशोधन समूहको उपसूचक १६.१७ अंकले बढेको छ । बा‌की सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक १०.४७, विकास बैंक ३६.८४, वित्त ११.०६, होटल २६.९५, जलविद्युत २४.२६, जीवन बीमा ८५.३८, माइक्रोफाइनान्स ४६.९३, निर्जीबन बीमा ४९.७९, ट्रेडिङ समूहको उपसूचक ११.१६ अंकले घटेको छ ।

आज सबैभन्दा बढी युनिलिभर नेपालको सेयरमूल्य बढेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ७ करोड ७५ लाख ६५ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : 14 February, 2023 3:43 pm