काठमाडौं । बाग्मती प्रदेशमा फागुन २ गते देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि पास हुने मापदण्ड लागू भएको छ । योसँगै अब बाग्मती प्रदेशमा रहेका यातायात ब्यवस्था कार्यालय मध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।
सवारी चालक अनुमति पत्रको लागि उत्तीर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले मंगलबारबाट नयाँ व्यवस्था लागू गरेको हो ।
Comment