आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । शुक्रबार दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा आइएमई जनरलका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

क्रस होल्डिङ भएका दुई कम्पनीबीच मर्जरमा जान नेपाल बीमा प्राधिकरणले समेत दबाव दिदै आएको थियो । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष सूर्य प्रसाद सिलवालको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरूलगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एव डिडिए रिपोर्टका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता भएको बताइएको छ ।

प्रकाशित : २८ माघ २०७९, शनिबार १३:५७