सोल्टी होटलको खुद नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सोल्टी होटलको खुद नाफामा उल्लेख्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सोल्टी होटलको खुद नाफा ४१२.७८ प्रतिशतले बढेर २५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस होटलले ४ करोड ९० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यस अवधिमा सोल्टीको व्यवसायबाट हुने आम्दानीमा ११४.३८ प्रतिशतले बृद्धि भई कुल ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष होटलले ४४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यता, आम्दानी बढेसँगै सोल्टीले ३० करोड ६२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले २ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब १३ करोड रुपैयाँ छ । गत वर्ष यसको रिजर्भ कोषमा ६३ करोड ८६ लाख रुपैयाँ मात्र रहेको थियो ।

सोल्टी होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ५१ पैसा छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५८ पैसा र प्रतिसेयर नेटवर्थ १७ रुपैयाँ ५८ पैसा रहेको थियो ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार १३:०८