शुभम् पावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभम् पावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ?



काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका हुन् ।

जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५५ अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, शुभम् पावर लिमिटेडको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाटपनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : 10 February, 2023 11:19 am