सबै खाले ऋणीका लागि ऋण तिर्ने सयममा राष्ट्र बैंक लचिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सबै खाले ऋणीका लागि ऋण तिर्ने सयममा राष्ट्र बैंक लचिलो



काठमाडाैं । राष्ट्र बैंकले सबै खाले ऋणीका लागि ऋण तिर्ने सयममा एक महिनाको लचकता अपनाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक मौद्रिक समिक्षाले ऋणीलाई एक महिना सहुलियत दिएको हो। २०८० जेठ मसान्तसम्मका लागि यो सुविधा दिइएको छ।

अहिले कुनै ऋणीले पुसमा साँवा/ब्याज भुक्तानी गर्नु पर्ने थियो। उसले त्यो महिना सकेन। उसले त्यो किस्ता माघमा तिरेमा बैंक तथा वित्तीय संस्थाले जरिवाना गर्न पाउने छैनन्।

यदि माघमा तिर्नु पर्ने किस्ता थियो भने फागुनमा तिर्दा पनि जरिवाना लाग्दैन। मानौं त्रैमासिक रुपमा तिर्नु पर्ने किस्ता थियो, त्यो त्रैमासिक समय चैतमा पर्ने हो भने अब उसले बैशाखमा तिर्न सक्ने भयो। यो सुविधा राष्ट्र बैंकले जेठ मसान्तसम्मका लागि दिएको हो।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार ११:०२