शुक्रबार बाँडफाँटको तयारीमा शुभम् पावरको आइपीओ, मागभन्दा ३१.२८ गुणा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुक्रबार बाँडफाँटको तयारीमा शुभम् पावरको आइपीओ, मागभन्दा ३१.२८ गुणा बढी आवेदन



काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार ९माघ २७ गते० बाँडफाँट हुने भएको छ । आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

आइपीओमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेकाले आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । साथै, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने जनाएको छ ।

यसमा १३ लाख ६० हजार ९७ जनाले कुल १ करोड ५० लाख ७३ हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४८ हजार १८८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ११ हजार ९०९ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५५ अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित : 9 February, 2023 4:46 pm