४.५७ अंकले बजार बढ्दा कारोबार रकम भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

४.५७ अंकले बजार बढ्दा कारोबार रकम भने घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार उकालो लागेको छ । आज बजार ४.५७ अंकले बढेर २१००.७१ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.८९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८६ अंकले बृद्धि भएको छ ।

सोमबार २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५.६ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको उपसूचक ५.५५, वित्त ८.६१, होटल तथा पर्यटन ८.८५, जलविद्युत ३ं५७ र उत्पादन तथा प्रशोधन समूहको ७०.४४ अंकले बढेको छ ।

साथै, विकास बैक २.८४, जीवन बीमा ८२.९८, निर्जीबन बीमा समूहको उपसूचक १.९३, ट्रेडिङ समूहको उपसूचक १.२९ अंकले घटेको छ ।
,

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ भने लक्ष्मी बैंक डिबेञ्चरका लगानीकर्ताले सर्बाधिक गुमाएका छन्।

कारोबारका आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ४५ लाख ७३ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार १५:४३