धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी



काठमाडौँ ४ माघ। नेपाल धितोपत्र बोर्डले १४ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बोर्डले प्रशासनको सेवामा खुल्लातर्फ १ जना, महिला २ जना र दलित १ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । यस्तै लेखातर्फ महिला १ जना पनि बोर्डले माग गरेको छ । यस्तै कानूनको सेवामा महिलातर्फ १ जना र जनजाती/आदिवासीतर्फ १ जनाको लागि दरखास्त खुल्ला गरेको छ ।

यस्तैगरी बोर्डले सूचना प्रविधितर्फ खुल्लामा १ जना र महिलातर्फ १ जनाको निवेदन खुल्ला गरेको छ । यस्तै प्रशासनतर्फ खुल्लामा २ जना जनजाती/आदिवासीतर्फ १ जना, मधेशी १ एकजना र दलित १ जना कमचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बोर्डको जावलाखेलमा रहेको कार्यलयबाट दरखास्त फारम प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : ४ माघ २०७३, मंगलवार ०७:४४