काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकको घटेको छ। आज बजार २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा पुगेर रोकिएको हो।
बजार घट्दा बिहीबार कारोबार रकम भने केहि बढेको छ। आज २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ।
आज नेप्सेका सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ६.०१, विकास बैंक ६५.६७, वित्त कम्पनी ३०.७९, होटल ५७.६५, जलविद्युत ५४.५१, जीवन बीमा २३६।१६, उत्पादन तथा प्रशोधन १२.४२, माइक्रोफाइनान्स ४२.३५, निर्जीबन बीमा समूहको उपसूचक १३५.२४ अंकले घटेको छ ।
नेप्सेमा अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।
कारोबार रकमका आधारमा स्टयान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा बढी भएको छ । यसको आज १० करोड १३ लाख ९१ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।





Comment