उपकार लघुवित्तले ६५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उपकार लघुवित्तले ६५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले शेयरधनीहरुलाई कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ६१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : १५ माघ २०७९, आईतवार ११:४६