चन्द्रागिरि केबलकारको टिकट खरिदमा बिशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरि केबलकारको टिकट खरिदमा बिशेष छुट



काठमाडौं, २ माघ । माघमहिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ ।

२०७३ साल माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले रु. १०८ मा नै टिकट प्राप्त गर्नेछन्। यस व्यवस्थाअन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकटकाउन्टरबाट मात्र लिनुपर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने पाउने छैन ।

केबलकार संचालनमा आएदेखि २०७३ साल पौषमसान्तसम्म २ लाख ८९हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीयकार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदातासंस्था फ्रोस्र्ट एण्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ।

प्रकाशित : २ माघ २०७३, आईतवार ०९:३७