कालिन्चोक दर्शनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक दर्शनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आइपीओमा आवेदन दिने आज माघ ६ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिइसक्नुपर्नेछ । कालिन्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सीडीएसका अनुसार माघ ५ गते बिहीबारसम्ममा ११ लाख ४७ हजार ५०२ जनाले १ करोड ३३ लाख ९१ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.९३ गुणा बढी आवेदन हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : 20 January, 2023 8:17 am