सुनको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मुल्य स्थिर



काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मुल्य स्थिर रहँदै प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 19 January, 2023 11:25 am