काठमाडौं । मंगलबार ३२.७२ अंकले बढेको बजार आज सामान्य अंकले ओरालो लागेको छ । बुधाबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.९३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६१ अंकले घटेको छ ।
बुधबार २४८ कम्पनीका १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर खरिद बिक्री भएका छन् भने ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।
बजार घटेसंगै नेप्सेका अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । विकास बैंक १८.१७ र जलविद्युत समूहको उपसूचक २२.२३ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक १०.०४, वित्त कम्पनीको १५.९१,जीवन बीमा ११५.३४, उत्पादन तथा प्रशोधन समूहको ४२.१३,निर्जीबन बीमा समूहको उपसूचक ९७.९२, र ट्रेडिङ समूहको उपसूचक १७१.९१ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज ४ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड रहेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३५ करोड ७८ लाख ५४ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment