काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । होटल्सको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश तारागाउँको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
Comment