ब्याजदर घटाउने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय



काठमाडौं। नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ। संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशतमा झारेको हो।

त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर घटाएको हो।निक्षेपको ब्याजदर घटेकाले आधारदर कम भई कर्जा केही सस्तो हुने देखिएको छ। ब्याजदर महंगो भएको भन्दै मुलुकभरीका उद्योगी व्यवसायी आन्दोलित छन्।

प्रकाशित : २७ पुष २०७९, बुधबार २०:५५