काठमाडौं। नेपाल धितोपत्र बोर्ड ९सेवोन०ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोेर्डले सन्नी सेक्यूरिटीज, इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्यूरिटिजलाई कारबाही गरेको हो ।
बोर्डले सन्नी सेक्युरिटीजलाई तोकिएको समयमा प्रतिवेदन पेश गरेको भन्दै १० हजार जरिवाना गरेको हो । त्यस्तै इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमै पेश नगरेको भन्दै ७५ हजार जरिबाना गरेको छ ।
ती ब्रोकरलाई नगद जरिबाना सहित काराबाही गरेको बोर्डले नियम विपरित काम गरेको भन्दै केयर रेटिङ्ग नेपाललाई स्पष्टीकरण सोधेको छ । क्रेडिट रेटिङ नियमावली २०६८ विपरित यस कम्पनीले आफ्ना मुख्य शेयरधनी समेत रहेका कम्पनीहरुको रेटिङ्ग गरेको भन्दै बोर्डले स्पष्टिकरण सोधेको हो ।
केयर रेटिङ्गले आफ्ना मुख्य शेयरधनी रहेको युनाइटेड डिस्ट्रिब्युटर्स लगायतका कम्पनीको रेटिङ्ग गरेको आरोप बोर्डको छ । केयर रेटिङ्ग र युनाइटेड डिस्ट्रिब्युटर्समा विशाल ग्रुपको लगानी रहेको बोर्डले बताएको छ । विशाल ग्रुपका प्रबन्ध संचालक अशोक कुमार अग्रवाल केयर रेटिङ्ग र युनाइटेड डिस्ट्रिब्युटर्स दुवैको शेयरधनी रहेकाले बोर्डले स्पष्टिकरण सोधेको बताएको छ ।
Comment