काठमाडौं २६ पुस । हिमालयन एयरलाइन्सले ल्याउन लागेको नयाँ बिमानले टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ । जर्मनीमा बनेको यो नयाँ जहाजले गत जनवरी ६ मा परीक्षण उडान भरेको थियो । साथै यो छिट्टै नेपालमा आउने तयारीमा छ ।
यो बिमान नेपाली आकाशमा उड्नको लागि 9N-ALV नम्बरमा दर्ता समेत भइसकेको छ । जर्मनी आकाशमा टेस्ट फ्लाइट गर्नको लागि भने यो बिमान D-AVVU नम्बरमा दर्ता भएको छ ।
यो एयरबस ३२०-२१४ सिरिजको हो भने यसको क्षमता ६८ हजार देखि ७७ हजारसम्म छ ।
Comment